दफा ३९
रुग्ण उद्योग सम्बन्धी सुविधा, सहुलियत तथा छुट
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३७ बमोजिम रुग्ण उद्योगको रुपमा पहिचान भएको वा दफा ३८ बमोजिम वर्गीकरण गरिएको उद्योगले त्यस्तो उद्योगको विस्तार, पुनर्संरचना वा विविधीकरणका लागि आयात गर्ने मेसिनरी औजार वा उपकरणमा नेपाल सरकारले महसुल, शुल्क वा करमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ ।
(२) उपदफा (१) मा उल्लिखित सुविधाका अतिरिक्त त्यस्ता उद्योगको पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि तोकिए बमोजिमका अन्य थप सुविधा, सहुलियत तथा छुट उपलब्ध गराउन सकिनेछ ।